
काठमाडौं । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डका सञ्चालक कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
पौडेललाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी म्यानपावर व्यवसायमा समेत संलग्न रहेको बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार पौडेललाई हाल प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार पौडेलमाथि कसैको नाम लिएर ठगी गरेको विषयमा उजुरी परेको छ। सोही घटनालाई लिएर उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको घिमिरेले जानकारी दिए।
पौडेलमाथिको आरोप र घटनाको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। अनुसन्धानपछि घटनाको वास्तविकता र उनीमाथि लाग्ने थप कसुरबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।









Facebook Comments