धादिङ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सोमबार अपराह्नदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

निरन्तरको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा बुधबारदेखि राजमार्ग अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन लामो समयदेखि बाटोमै रोकिएका थिए।

ad

धादिङको गजुरी गाउँपालिका–स्थित चामबासमा खसेको पहिरो हटाएपछि राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्न सम्भव भएको हो।

सडक खुलाइए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। वर्षा जारी रहे थप पहिरो खस्न सक्ने भएकाले सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जनाइएको छ।