काठमाडौं । विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. कल्याणी मिश्र त्रिपाठी नियुक्त भएकी छन्।

विश्वविद्यालयका अध्यक्ष अर्जुन कार्कीले मिश्रलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले प्रक्रिया पूरा गरी मिश्रको नाम सिफारिस गरेको थियो।

ad

उपकुलपति नियुक्तिका लागि समितिले सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। आवेदन परेका उम्मेदवारमध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा योग्य उम्मेदवारको नाम सिफारिस गर्ने व्यवस्था छ।

सोही प्रक्रियाअनुसार समितिले मिश्रको नाम सिफारिस गरेपछि उनलाई उपकुलपतिमा नियुक्त गरिएको हो।