
काठमाडौं । नेपाल मानव अधिकार संगठन (ह्युरोन) ले बिनाकुनै कसुर पूर्वप्रधानन्यायाधीशलाई रातको समयमा पक्राउ गरी हिरासतमा राखेर छाडिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले सोमबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार आएपछि पूर्वपदाधिकारीहरूलाई संवैधानिक तथा कानूनी व्यवस्था विपरीत मानमर्दन गर्ने क्रम बढेको भन्दै आपत्ति जनाएका छन् ।
असोज ११ गते राति पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिइएको घटनाले नागरिक अधिकार, व्यक्तिगत स्वतन्त्रता र मानवाधिकारका विश्वव्यापी सिद्धान्तहरूको उपहास गरेको ठहर छ।
लोकतान्त्रिक मुलुकमा सरकारले संविधान र कानूनबमोजिम मात्र पारदर्शी रूपमा आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने स्मरण गराउँदै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा राज्यशक्तिको दुरुपयोग र स्वेच्छाचारिता रोक्न तथा विधिको शासनको सम्मान गर्न सरकारसहित सबै सरोकारवालासँग जोडदार अपिल गरिएको छ।










Facebook Comments