काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विना कारण विशिष्ठ व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।


संघीय संसद भवन सिंहदरबारमा आज सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले बिना कारण सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेको भन्दै आपत्ती जनाउँदै ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए । 

ad

यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह समेत गरे। सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनले बताए ।