काठमाडौं । नेपाली कांग्रेसको आज ३२ जिल्लाका ५५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भईरहेको छ । यसअघि असोज १० मा प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सक्ने तालिका थियो । तर, देशभर बाढीका कारण धेरैजसो जिल्लामा हुन नसकेपछि थप दुई दिन असोज १३ गतेभित्र सम्पन्न गर्न समय दिइएको थियो ।

कतिपय जिल्लाले भने तोकिएको मितिमा अधिवेशन गरेका छन् । कांग्रेसको निर्वाचन समितिका अनुसार आजसम्म ६२ जिल्लाका क्षेत्रीय अधिवेशन सकिनेछ । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएर आएपछि मात्रै केन्द्रीय महाधिवेशन गर्ने बाटो खुल्ने छ ।

ad

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । क्षेत्रीय अधिवेशनका लागि कांग्रेसका केन्द्रीय स्तरका नेताहरू सबै आ–आफ्नो जिल्ला गएका छन् ।