
हेटौंडा । कुलेखानी जलाशयको ड्यामको ढोका खोलिएको भन्ने विवरण सत्य नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले स्पष्ट पारेका छन्।
उनका अनुसार जलाशयमा पानीको सतह रातिको समयमा थप बढ्न सक्ने र आकस्मिक रूपमा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै देउराली–सिस्नेरी सडकखण्डमा आवागमन रोकिएको हो।
ड्यामको ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने र सडकखण्डका केही स्थानमा विपद्को जोखिम उत्पन्न हुन सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वसावधानीस्वरूप सडक बन्द गरिएको अधिकारीले बताए।
प्रमुख जिल्ला अधिकारी अधिकारीले हालसम्म कुलेखानी ड्यामको ढोका नखोलिएको दोहोर्याउँदै अहिले अपनाइएको कदम सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको पूर्वतयारी मात्र भएको स्पष्ट पारे।
उनका अनुसार जलाशयको अवस्था र सम्भावित जोखिमको मूल्यांकन गर्दै आवश्यक निर्णय लिइनेछ।









Facebook Comments