
काठमाडौँ । होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले पर्यटन क्षेत्रको मेरुदण्डका रूपमा रहेको होटल क्षेत्रलाई अगाडि बढाउन सरकारले विभिन्न प्याकेज ल्याउनुपर्नेमा जोड दिएका छन् ।
आज ४७औँ विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बकेले होटल क्षेत्रको विकासले पर्यटनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र प्रदेशको आर्थिक गतिविधि बढाउन समेत योगदान पुर्याउने बताए । उनले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तरराष्ट्रियस्तरमा नकारात्मक सन्देश गएको भन्दै यसलाई चिर्न सहकार्य र समन्वय आवश्यक पर्ने पनि बताए ।
अध्यक्ष बकेले पर्यटनबारे नकारात्मक धारणा चिर्न पर्यटन क्षेत्रसँग सम्बन्धित सबै पक्षबीच सहकार्य, समन्वय र प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको उल्लेख गरे। उनले पर्यटन क्षेत्रको मेरुदण्डका रूपमा रहेको होटल क्षेत्रलाई अगाडि बढाउन सरकारले विभिन्न प्याकेज ल्याउनुपर्नेमा जोड दिए । होटल क्षेत्रको विकासले पर्यटनसँगै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र प्रदेशको आर्थिक गतिविधि बढाउन समेत योगदान पुर्याउने उनको भनाई थियो ।
होटल तथा पर्यटन क्षेत्रको विकासमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय महत्वपूर्ण भएको बताउँदै अध्यक्ष बकेले सडक, खानेपानी, विद्युत्, सुरक्षा, पर्यटन प्रवर्द्धन, व्यवसाय दर्ता, वातावरणीय व्यवस्थापनलगायतका विषय विभिन्न तहका सरकारसँग सम्बन्धित हुने भएकाले नीतिगत दोहोरोपन र प्रक्रियागत जटिलता घटाउन योजना आवश्यक रहेको बताए ।
४७औँ विश्व पर्यटन दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाइने गरिन्छ ।









Facebook Comments