काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले छाडेको छ । आज बिहान ३ बजेदेखि प्रहरी नियन्त्रणमा रहेका जबरालाई सामान्य सोधपुछपछि केही समयअघि प्रहरीले परिवारको जिम्मा लगाइएको हो ।

जबरालाई सुरक्षित स्थानमा पठाएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली आज बिहान महाराजगञ्जस्थित जबराको घरमा पुगेर उनलाई नियन्त्रणमा लिएको थियो।

ad

प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन् ।