
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न अनुमति नदिएपछि फर्किएको छ ।
आयोगको टोलीले कार्यालयको गेटमा करिब ४५ मिनेट प्रतीक्षा गरे पनि प्रहरीले जबरासँग भेट्न अनुमति दिएन ।
जबरालाई प्रहरीले आज बिहान ३ बजे महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा ल्याएको थियो। जबरालाई पक्राउ गरेको स्पष्ट कारणबारे प्रहरीले केही बताएको छैन ।







Facebook Comments