
काठमाडौं ।लगातारको वर्षाका कारण धाप बाँध (ड्याम)को सुरक्षाबारे चासो बढिरहेका बेला आयोजनाले बाँधको मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था नदेखिएको जनाएको छ। जलाशयको पानीको सतह, बहाव र आसपासका क्षेत्रमा देखिएका पहिरोलाई भने निरन्तर निगरानीमा राखिएको छ।
काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँधमा अहिले पानीको बहाव व्यवस्थापनलाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ।
ऊर्जामन्त्रीको सचिवालयमा पठाइएको प्रतिवेदनअनुसार धाप बाँधकन्क्रिट फेस्ड रकफिल ड्याम (सीएफआरडी)प्रविधिमा निर्माण गरिएको हो। पछिल्लो मनसुनका कारण जलाशय र बाँध आसपास पानीको बहाव बढे पनि मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था देखिएको छैन।
आयोजनाका अनुसार जलाशयको सामान्य पानीको सतह२०८७.१४ मिटरतोकिएको छ। यो सीमाभन्दा पानी माथि पुगे अतिरिक्त पानी स्पिलवेबाट स्वतः बाहिर जाने व्यवस्था छ।
यसअघि करिब १५ दिनमा ४०० मिलिमिटर वर्षा हुँदा बाँधमा पानी आउने बहाव करिब८० लिटर प्रतिसेकेन्डपुगेको थियो। सो समयमा जलाशयबाट करिब४०० लिटर प्रतिसेकेन्डपानी बाहिर पठाइएको थियो। त्यसक्रममा जलाशयको पानीको सतह करिब ४.५२ मिटर घटेको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच,२०८३ भदौ २४ गतेसेडल ड्याम–१ नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाका दृष्टिले सोही दिन साँझदेखि करिब ४०० लिटर प्रतिसेकेन्डका दरले पानी बाहिर पठाइँदै आएको छ।
पहिरो गएको समयमा जलाशयको सतह२०८७.१८ मिटररहेकोमा अहिले२०८४.८० मिटरमा झरेको छ। यसबीच पानीको सतह करिब २.३८ मिटर घटेको छ भने सञ्चित पानीको करिब ३५ प्रतिशत बाहिर निकालिएको आयोजनाले जनाएको छ।
वर्षाको मात्रा घट्दै गएकाले बाँधमा आउने पानीको बहाव पनि कम हुने अपेक्षा गरिएको छ। यद्यपि, जलाशयको सतह, इन्फ्लो र आउटफ्लोलाई निरन्तर निगरानीमा राखिएको छ।
आयोजनाले आगामी दिनमा अत्यधिक वर्षा भए पनि पानीको सतह तोकिएको सीमाभन्दा माथि पुगे अतिरिक्त पानी स्पिलवेबाट स्वतः निकास हुने जनाएको छ। साथै आवश्यकताअनुसार आउटफ्लो व्यवस्थापन गरी जलाशयलाई सुरक्षित सीमाभित्र राख्ने काम भइरहेको छ।
बाँध आसपासका पहिरो र पानीको बहावलाई समेत ध्यानमा राखी पानी निकास, संरक्षण तथा आपत्कालीन व्यवस्थापनका काम भइरहेको छ। आयोजनाका अनुसारहाल बाँधको मुख्य संरचनामा असामान्य अवस्था नदेखिएकाले तत्काल आत्तिनुपर्ने अवस्था छैन, तर वर्षा र जलाशयको अवस्थालाई ध्यानमा राख्दै निगरानी भने कडाइका साथ जारी राखिएको छ।









Facebook Comments