
मुस्ताङ —लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडकखण्डका तीन स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो।
जोमसोम–कोरला राष्ट्रिय राजमार्गअन्तर्गतबारागुङ मुक्तिक्षेत्रको चैले गाउँमाथिको कालोभीर, कागबेनी–ताङ्वे सडकखण्ड र लोघेकर दामोदरकुण्ड–२ घमीस्थित सेल्फीडाँडामा पहिरो खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षकसन्तोष बस्यालका अनुसार घमीस्थित सेल्फीडाँडामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। तरचैलेस्थित कालोभीर र कागबेनी–ताङ्वे सडकखण्डमा भने पहिरोका कारण आवागमन अझै अवरुद्धछ।
कागबेनी–ताङ्वे सडकमा पहिरो खसेपछि प्रहरी चौकी कागबेनीको टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।
सडक अवरुद्ध हुँदाचीनसँगको आयात–निर्यातसमेत प्रभावितभएको छ। कोरला नाकातर्फ सामान ढुवानी गर्न गएका तथा ढुवानी गरेर फर्किएका कन्टेनर पहिरोका कारण सडकमा अलपत्र परेका छन्।
यसैबीच, अविरल वर्षाका कारणबारागुङ मुक्तिक्षेत्र–१ को कागबेनी–मुक्तिनाथ सडकखण्डको खिङ्गामापनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो। वडाध्यक्षप्रमेश गुरुङका अनुसार डोजर परिचालन गरी उक्त सडक पुनः सञ्चालनमा ल्याइएको छ।









Facebook Comments