नेपाली जनसम्पर्क समिति क्यानाडाको चौथो अधिवेशनले हेमराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको वरिष्ठ उपसभापति तथा महासमिति सदस्यमा चन्दा अधिकारी र महामन्त्रीमा सुशील भुसाल चयन भएका छन्।

त्यसैगरी क्षेत्रीय तथा क्षेत्रगत उपसभापतिहरूमा दीपक बुढाथोकी (पूर्वी क्यानाडा/महासमिति सदस्य), विवेक धिमाल (युवा/महासमिति सदस्य), मोती पाण्डे (पश्चिमी क्यानाडा) र ईन्द्र बहादुर बडुवाल (मध्य क्यानाडा) चुनिएका छन्। समितिको सहमहामन्त्रीमा रामकुमार जी.सी., कोषाध्यक्षमा सन्तोष यादव, प्रवक्ता तथा महाधिवेशन प्रतिनिधिमा खुम बस्नेत र सहसचिवहरूमा यशवन्त बिष्ट, कलाधर बी.के. तथा नवीन सापकोटा चयन भएका छन्।

ad

कार्यसमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिमा हिमाल पौडेल, विशेष गौतम र अमृत वस्ती रहेका छन्। अन्य सदस्यहरूमा अच्युत पौडेल, कृष्णप्रसाद खरेल, कुमार खड्का (नोभा स्कोसिया), सुमन पाठक (सेन्ट जोन्स), सालिन पन्बी (ह्यालिफ्याक्स), रोहित कँडेल (सास्काचेवान), विराट के.सी. (स्कारबरो/मार्खम), मदन थापा (नर्थ योर्क), माधव ढकाल (भ्यानकुभर), प्रेरणा ओली (मिसिसागा), बिपिन रजौरे (ब्राम्प्टन), बाबुराम भुसाल (बेरी), विवेक घिमिरे (भ्यानकुभर), घनश्याम भण्डारी (ब्राम्प्टन) र सुप्रिया रजौरे (ब्राम्प्टन) रहेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्य तथा समितिका निवर्तमान सभापति बुद्धि प्रकाश ओलीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।