काठमाडौं । हिजोदेखि निरन्तरको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण काठमाडौं उपत्यकाको अधिकांश खोलामा जलस्तर बढेको छ भने करिडोर सडकमा विशेष सतर्कता अपनाइएको छ ।

ad

बागमती, धोबीखोला,  विष्णुमती, मनोहरा, हनुमन्तेमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। स्थानीय प्रशासनले माइकिङ गर्दै खोला तथा नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन अनुरोध गरिरहेको छ। प्रशासनले वर्षाका बेला खोला तथा नदी किनारमा नजान र सम्भावित जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।