
काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भूभाग आसपास रहेको छ र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै (बलियो न्युन चापीय क्षेत्र) को रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिन्छ।
हाल देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भुभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभाग एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।









Facebook Comments