
काठमाडौं । विद्युत् महसुलमा सरकारले लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। चालु आर्थिक वर्षदेखि लागू गरिएको घरायसीतर्फ ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकतर्फ १३ प्रतिशत भ्याटको व्यवस्था कार्यान्वयनमा आएको करिब २ महिनामै सरकारले हटाउने तयारी गरेको हो ।
हिजो बेलुका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच भएको छलफलमा विद्युत् सेवामा लगाइएको भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको ऊर्जा मन्त्रालयका स्रोतले जनाएको छ।
प्रधानमन्त्रीसमेत विद्युत्मा भ्याट हटाउने विषयमा सकारात्मक देखिएपछि ऊर्जा र अर्थ मन्त्रालयबीच सहमति बनेको हो अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय भएपछि भ्याट हटाउने प्रक्रिया अघि बढ्ने पनि स्रोतले जानकारी दिएको छ ।








Facebook Comments