
काठमाडौं । त्रिपुरेश्वरमा बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा गुडिरहेको रिद्धि सिद्धि यातायातको यात्रुवाहक बसमा आगलागी भएको हो ।
आगलागीमा परेर बसका चालक दावा लामा घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको छ । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बसमा यात्री भने थिएनन्।








Facebook Comments