काठमाडौं ।  भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल वायु सेवा निगमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ९८ लाख ३५ हजार ९७६ रुपैयाँ ६७ पैसा सहयोग प्रदान गरेको छ ।

उक्त रकम निगममा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट कट्टा गरी सङ्कलन गरिएको हो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको उपस्थितिमा उक्त रकम बराबरको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)लाई हस्तान्तरण गरेका हुन् । 

ad

निगमले प्राकृतिक विपद्को कठिन अवस्थामा राज्यको उद्धार तथा राहत अभियानमा सहयोग पुर्‍याउनु संस्थागत सामाजिक उत्तरदायित्व भएको जनाएको छ।