
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनमा सहभागी हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि आज बसेको पहिलो केन्द्रीय समितिको बैठकमा यसअघि संस्थापन इतर पक्षमा रहेका नेताहरू सहभागी भएका छन् ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले सभापति गगन थापासँग सहमति गरेरै बैठकमा सहभागी भएका हुन् ।
यसअघि देउवा पक्षका ज्ञानेन्द्रबहादुर कार्की, महालक्ष्मी डिना उपाध्यक्ष, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह बैठकमा सहभागी छन् ।
यस्तै मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति बिक परियार, गणेश लामा, महेन्द्र यादव पनि बैठकमा सहभागी हुन सानेपा पुगेका छन् । यस्तै, डा शेखरको पक्षकी किरण यादव पनि बैठकमा सहभागी छन् ।









Facebook Comments