काठमाडौं । नेपालका रसुवा, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाहरूमा गएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पु¥याउन एभरेष्ट नेपाली समाज, बेल्जियम ब्रुजले बाढीपीडितहरूका लागि १० हजार ११७ युरो (१७ लाख नेपाली रुपैयाँ भन्दा बढी) आर्थिक सहयोग प्रदान गरेको छ ।

प्राकृतिक विपत्तिमा परेका देशवासीहरूलाई मद्दत गर्ने उद्देश्यले बेल्जियममा रहेका नेपालीहरू आवद्ध यस समाजले सो रकम संकलन गरी सहयोगस्वरूप नेपालमा पठाएको हो । विपद्को समयमा राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता तथा शुभेच्छुकप्रति समाजले आभार समेत व्यक्त गरेको छ ।

ad

विपद्को समयमा प्राप्त सहयोगले नेपालका प्रभावित समुदायलाई राहत, पुनःस्थापना र दीर्घकालीन विकासका प्रयासमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।