
काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै केसीले कानुन अनुसार २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मुकदर्शक बनेको आरोप लगाए। यस्तो अवस्थामा कानुनी अधिकारको दुहाइ दिँदै अनुगमन निकायहरू मुकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए ।
राष्ट्रिय शोक र विपद्को बेला जनताको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनको भनाई थियो । उनले आपूर्ति सहज नबनाए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी समेत दिए।









Facebook Comments