
काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको मुद्दा फाँटमा आज बिहान पनि आगलागी भएको छ।
साढे ८ बजेतिर सर्वोच्चको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटको २० र २१ नम्बरमा आगो लागेको हो।
आगलागीबाट तीनवटा कम्प्युटर जलेका छन्।
यसअघि भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा सर्वोच्चको पुरानो भवनमा आगजनी भएको थियो।
यसअघि यही भदौ १७ गते राति पनि सर्वोच्चकै अभिलेख शाखामा आगलागी भएको थियो।









Facebook Comments