
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको छ ।
आज बिहान बसेको परिषद्को बैठकले पोखरेललाई उच्च अदालत सुर्खेत, बेल्बासेलाई उच्च अदालत जनकपुर र सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गरेको छ ।
त्यस्तै, सर्वोच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला न्यायाधीशमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा पदस्थापन गरिएको छ ।
परिषद्ले उच्च अदालतका ३ न्यायाधीशको सरुवा गरेको छ भने उच्च अदालतकै ४ न्यायाधीशको काज सरुवा गरिएको छ । जिल्ला अदालतका १५ जना न्यायाधीशको सरुवा गरिएको छ ।
त्यस्तै, बाबुराम दाहाल र ठगीन्द्र कट्टेललाई सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सिफारिस गरिएको छ । यस्तै परिषद्ले
न्याय सेवा आयोगको बैठकले नै न्याय परिषद्को सचिवमा रामप्रसाद भट्टराईको नाम सिफारिस गरेको छ ।








Facebook Comments