काठमाडौँ। भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित बनेका नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको मानवीय सहयोग अभियान १८ औँ दिनमा पनि निरन्तर जारी रहेको छ।
अभियानअन्तर्गत संघले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि आवश्यक खाद्यान्नलगायतका राहत सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामामार्फत स्थानीय तहलाई हस्तान्तरण गरेको छ। बेलायतको लिभरपुलस्थित लिभरपुल नेपाली समाजको आर्थिक सहयोग तथा एनआरएनएको समन्वयमा उपलब्ध गराइएका यी सामग्री स्थानीय तहले आवश्यकता पहिचान गरी प्रभावित परिवारसम्म पुर्याउनेछन्। राहत हस्तान्तरण कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, सहकोषाध्यक्ष अब्दुल बासिद, दोस्रो पुस्ता संयोजक एवं मिस नेपाल २०२६ दिपमाला ढकाललगायत स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।
यसैगरी राहत अभियानका क्रममा नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेका १८ बाढी प्रभावित घरपरिवारलाई तत्काल आवश्यक पर्ने भान्साका सामग्रीहरू वितरण गरिएको छ। विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्यहरू-नारायण प्र. नेपाल (कुवेत), भरत प्र. नेपाल (कतार), विजय कोइरी (साउदी अरेबिया), राम कोइरी (अमेरिका), पुष्पहरी प्र. नेपाल (साउदी अरेबिया), बैकुण्ठ नेपाल ज्ञानी (साउदी अरेबिया), कल्पना राउत (साउदी अरेबिया), ओमन नेपाल (अमेरिका), कुमार प्र. नेपाल (दुबई), साधुराम थापा मगर (साउदी अरेबिया), भरत गौतम (दुबई), धर्म क. शाही (डेन्मार्क), निर्मल कोइराला (दुबई), दिपक ढकाल (कतार), सुरज कु. शाही (कतार), सन्तोष कु. थापा मगर (अस्ट्रेलिया), ज्ञान ब. थापा मगर (दुबई) र सुरेन्द्र आचार्य (अस्ट्रेलिया) का १८ घरपरिवारलाई उपाध्यक्षद्वय मनोज गोर्खाली र तिलक गैरेको प्रायोजनमा १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर प्रदान गरिएको छ। दैनिक जीवन प्रभावित बनेका परिवारलाई तत्काल सहजता मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको संघले जनाएको छ।
अघिल्लो चार दिनदेखि रसुवा क्षेत्रमै खटिएको एनआरएनएका पदाधिकारीहरूसहितको राहत टोलीले बाढी-पहिरोबाट प्रभावित स्याफ्रुबेँसी बस्ती, चिलिमे हाइड्रोपावर आसपासका क्षेत्र तथा बेत्रावती क्षेत्रको प्रत्यक्ष स्थलगत भ्रमण गरी क्षतिको वस्तुस्थिति बुझेको छ। सो क्रममा टोलीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोककुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। भ्रमणका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि तथा प्रभावितहरूसँग प्रत्यक्ष छलफल गरी तत्कालीन र दीर्घकालीन आवश्यकता, राहत वितरण तथा पुनर्स्थापनाका प्राथमिकताका विषयमा जानकारी संकलन गरेको छ। स्थलगत अध्ययनका आधारमा आगामी दिनमा एनआरएनएले सञ्चालन गर्ने सहायता कार्यक्रमहरूलाई थप प्रभावकारी र आवश्यकतामा आधारित बनाइने गैरआवासीय नेपाली संघ सचिवालय, बालुवाटारले जनाएको छ।
यसैगरी राहत अभियानका क्रममा नुवाकोटको विदुर नगरपालिका–७, तुप्चेका १८ बाढी प्रभावित घरपरिवारलाई तत्काल आवश्यक पर्ने भान्साका सामग्रीहरू वितरण गरिएको छ। विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्य १८ घरपरिवारलाई लक्षित गरी उपाध्यक्षद्वय मनोज गोर्खाली र तिलक गैरेको प्रायोजनमा १८ थान ग्यास सिलिन्डर, १८ थान ग्यास चुलो र १८ थान प्रेसर कुकर प्रदान गरिएको छ। दैनिक जीवन प्रभावित बनेका परिवारलाई तत्काल सहजता मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको संघले जनाएको छ।
अघिल्लो चार दिनदेखि रसुवा क्षेत्रमै खटिएको एनआरएनएका पदाधिकारीहरूसहितको राहत टोलीले बाढी-पहिरोबाट प्रभावित स्याफ्रुबेँसी बस्ती, चिलिमे हाइड्रोपावर आसपासका क्षेत्र तथा बेत्रावती क्षेत्रको प्रत्यक्ष स्थलगत भ्रमण गरी क्षतिको वस्तुस्थिति बुझेको छ। सो क्रममा टोलीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोककुल परिवारजनमा समवेदना व्यक्त गरेको छ। भ्रमणका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि तथा प्रभावितहरूसँग प्रत्यक्ष छलफल गरी तत्कालीन र दीर्घकालीन आवश्यकता, राहत वितरण तथा पुनर्स्थापनाका प्राथमिकताका विषयमा जानकारी संकलन गरेको छ। स्थलगत अध्ययनका आधारमा आगामी दिनमा एनआरएनएले सञ्चालन गर्ने सहायता कार्यक्रमहरूलाई थप प्रभावकारी र आवश्यकतामा आधारित बनाइने गैरआवासीय नेपाली संघ सचिवालय, बालुवाटारले जनाएको छ।

Facebook Comments