
काठमाडौं । टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० प्रति प्रतिबद्धताको एक पहल भएको कम्पनीले जनाएको छ ।
विपद्को यस कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत तथा पुनर्स्थापना प्रयासमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।









Facebook Comments