काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकको आर्थिक अवस्थाका बारेमा उद्योगी तथा व्यवसायीहरूसँग आज छलफल गरिरहेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भईरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,  चन्द्र ढकाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ad

मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायका बिषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।