काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने बताएका छन् ।

आज गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको संस्थाको ‘समीक्षा तथा भावी योजना’ विषयका कार्यक्रममा उनले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको बताए । ‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ उनले भने, ‘यो मेरो आफ्नो बुझाइमा मात्र हैन, हि हेट्स प्राइभेट सेक्टर।’

ad

उनले प्रधानमन्त्री शाहका बारेमा आफूले अनुमानका भरमा टिप्पणी नगरेको पनि स्पष्ट पारे । दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायतका सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।