काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लामा गएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुलाई राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले मीन कुमारी राणा प्रतिष्ठान, बालकोट तथा राणा परिवारका तर्फबाट  नेपाली कांग्रेस दैविक विपद कोषमा १ लाख १ सय ११ रुपैयाँ सहयोग गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले उक्त रकम बुधबार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा हस्तान्तरण गरेका हुन् । 

ad

प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढीपीडित परिवारको घाउमा सानो भए पनि मल्हम लगाउन सकियोस् भन्ने पवित्र भावनाका साथ आर्थिक सहयोग उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ ।

विपतको समयमा प्रभावित जनताको सेवा र उद्धारमा नेपाली कांग्रेसले अग्रपङ्क्तिमा रहेर निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिकाको उच्च कदर गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरुमा सहकार्य जारी राख्ने प्रतिवद्धता समेत प्रतिष्ठानले व्यक्त गरेको छ ।