
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिने चेतावनी समेत दिएका छन् ।
विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको पनि उनले स्पष्ट पारे । उनले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य रास्वपालाई चाहिएको पनि बताए । विपदमा परेका नागरिकलाई होच्याउने व्यक्तिका लागि रास्वपामा कुनै स्थान नरहेको उनले बताए ।
सभापति लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको समेत बताए। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’









Facebook Comments