
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचारलगायत विषयमा देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
प्रधानमन्त्रीको कार्यालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्रीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम छ।









Facebook Comments