
काठमाडौँ । अस्ट्रेलियाको 'भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी' (भीआईटी) ले नेपालका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि २५ हजार अस्ट्रेलियन डलर (१७ हजार ४ सय ६३ अमेरिकी डलर) सहयोग प्रदान गरेको छ।
संस्थाले सोमबार (सेप्टेम्बर ७, २०२६) एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जनाएको छ।
नेपालमा गएको विनाशकारी बाढीका कारण प्रभावित भएका परिवार, विद्यार्थी, कर्मचारी तथा उनीहरूका आफन्तहरूप्रति भीआईटीले गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गरेको छ। संस्थाले यस कठिन घडीमा नेपालका बाढीपीडित समुदायको साथमा रहेको र विद्यार्थीहरूलाई आवश्यक हेरचाह तथा सहयोग पुर्याउन आफ्ना कर्मचारीहरूलाई आग्रहसमेत गरेको छ।
अतिरिक्त सहयोग आवश्यक पर्ने विद्यार्थी तथा कर्मचारीहरूलाई भीआईटीको ‘स्टुडेन्ट सर्भिसेज’ (Student Services) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।









Facebook Comments