काठमाडौं । नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि शुरु हुने १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ।


महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म ६ दिन भृकुटीमण्डपको हल, बगैंचा, पार्किङस्थल बुकिङ गर्न कांग्रेसले आज राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाएको छ । 

ad

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा पत्र पठाउँदै प्रदर्शनी हल, पार्किङ स्थल र बगैंचा बुकिङ गरिदिन आग्रह गरेका हुन्। कांग्रेस महाधिवेशन असोज १६ देखि १९ गतेसम्म चल्नेछ।

कांग्रेसले पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन कार्यतालिकालाई कायमै राखेर तल्ला तहका अधिवेशन कार्यतालिका भने संशोधन गर्ने तयारी गरेको छ ।