
काठमाडौं । जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा आज गृहमन्त्री सुधन गुरुसहित मन्त्रीहरू सहभागी कार्यक्रममा सरकारको विरोध गरेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको हो । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए ।
उनले आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए ।









Facebook Comments