काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५५ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आज बिहान प्राधिकरणले विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३५५ जनाको शव फेला परेको जनाएको हो। 

ad

प्राधिकरणका अनुसार ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन्। मृतकमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

सम्पर्कविहीन हुनेमा रसुवा जिल्ला प्रशासनबाट प्राप्त १९६७, नुवाकोटबाट जिल्ला प्रशासनबाट प्राप्त २३४०, सुरक्षाकर्मी र कर्मचारी १०० जना र विदेशी नागरिक ५८९ रहेको प्राधिकरणले जनाएको छ।  खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म १३ हजार ३९६ को उद्धार गरिएको छ।