
काठमाडौँ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि काठमाडौँमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिने भएको छ।
प्राकृतिक विपत्तिको यो कठिन घडीमा पीडित परिवारजनप्रति सहानुभूति प्रकट गर्न र एकताबद्ध भई साथ दिनका लागि सर्वसाधारणलाई दीप प्रज्ज्वलनमा सहभागी हुन आह्वान गरिएको हो।
उक्त दीप प्रज्ज्वलन कार्यक्रम यही भाद्र २२ गते सोमबारका दिन आयोजना हुनेछ। काठमाडौँको अनामनगरस्थित विनायक मन्दिर तथा दिदिको पसल अगाडि साँझ ५ बजे कार्यक्रम तय गरिएको छ।
"आउनुहोस्, एक दीप बालौँ- दिवंगत आत्माहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरौँ" भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा सम्पूर्ण नागरिकहरूलाई उपस्थित भई शोक सन्तप्त परिवारजनप्रति ढाडस दिन र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्न अनुरोध गरिएको छ।








Facebook Comments