
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानमा तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षा-हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशको हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।









Facebook Comments