काठमाडौं । आज प्रतिनिधिसभाको बैठक चलिरहेको समयमा नेपाली कांग्रेसका सांसद सांसद भरत खडका ढलेका छन्।

रास्वपाका सांसद सोम शर्मा बोलिरहेको समयमा उनी कुर्सीमा बसिरहेको समयमा ढलेका हुन्। खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले शर्मालाई बोल्नका लागि केही समय रोकेका थिए।

ad

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ब्लड प्रेसरका कारण खड्का बसिरहेकै ठाउँमा ढलेको जानकारी दिए। संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि उनलाई उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले इमर्जेन्सी कक्षमा उपचार जारी रहेको छ ।