
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रधानमन्त्री बालेन शाहको शैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री संसदमा आउने तर कसैको अनुहार पनि नहेर्ने गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ‘सरकारको मुख्य नेतृत्व जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए । उनले भने– आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा त उहाँलाई धन्यवाद नै भन्न चाहन्छु, ‘तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन्छ भन्नेतिर उहाँको ध्यान गएन।
प्रधानमन्त्री शाहले आफ्नै दल रास्वपाका सांसदलाई पनि विश्वासमा लिएको नदेखेको पनि उनले बताए। ‘ प्रधानमन्त्रीको कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देख्दिनँ, उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो, हामी तपाईंलाई सहयोग गर्छौं भनिरहेका छौं, कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका, यसरी त हुँदैन,’ उनले भने।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवबाट सिक्दै विपद् व्यवस्थापनमा प्रभावकारी नेतृत्व र समन्वय आवश्यक रहेको पनि उनले बताए।








Facebook Comments