भदौ १० गते भोटेकोशी खोलामा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले राहत तथा पुनर्स्थापनाका लागि रु ६ लाख सहयोग उपलब्ध गराएको छ।

विपद् प्रभावित परिवारको सहयोगार्थ जनसम्पर्क समिति अस्ट्रेलिया, न्यू साउथ वेल्सका संयोजक सितल गिरीको संयोजकत्वमा संकलन अभियान सञ्चालन गरिएको थियो।

ad

संयोजक गिरीको विशेष पहलमा एनएसडब्लु राज्यबाट मात्रै ६ लाख रुपैयाँ संकलन भई सेप्टेम्बर १ तारिखका दिन नेपाली कांग्रेसको विपद् व्यवस्थापन कोषको खातामा जम्मा गरिसकिएको छ।

अष्ट्रेलियाका अन्य राज्यहरूबाट पनि रकम जुट्ने क्रम जारी रहेकाले संकलित सम्पूर्ण रकम पार्टीको कोषमार्फत नै राहतका लागि पठाइने समितिका सहमहामन्त्री सहमहामन्त्री अच्युत धमलाले जानकारी दिएका छन्।

नेपाल सरकारको विपद् कोषमा नेपाली कांग्रेसले रु एक करोड जम्मा गर्ने निर्णय गरेको र सोही बमोजिम जनसम्पर्क समितिहरूलाई परिपत्र गरिएकाले रकम पार्टीको आधिकारिक खातामा पठाइएको समितिका सभापति सुरेश गुरुङले बताए।

अभियानमा जनसम्पर्क समितिका अग्रज एवं एनआरएनए अगुवा गणेश केसीले व्यक्तिगत रूपमा रु। एक लाख सहयोग प्रदान गरेका छन्। विपद्को यस घडीमा अष्ट्रेलियाभरिबाट देखा परेको उत्साहजनक सहभागिता र सहयोगका लागि संरक्षक एवं निवर्तमान सभापति कृष्ण गिरीले सम्पूर्ण नेपाली कांग्रेसप्रेमी, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेका छन्।

सहयोगीहरूको सूची
यस राहत अभियानमा अर्जुन केसी, अरुण ठाकुर, भीम बस्नेत, भीम खरेल, भूपाल सिटौला, भूपेन केसी, विकास सापकोटा, विशाल पोखरेल, विवेक थापा, बुद्धि ढल्लाकोटी, छवि सापकोटा, इरशाद अहमद, इथान शाक्य, गणेश केसी, ज्ञानु ओली, ईश्वर पहारी, कल्याण कार्की, कञ्चन पोखरेल, कोमल राज पाठक, कृष्ण गिरी, कृष्ण ९नमस्ते ज्वेलरी०, कृष्ण पोखरेल, महेन्द्र लम्साल, नन्द गुरुङ, निजन चौलागाईं, निलेश थकाली, प्रज्वल भट्टराई, प्रकाश खड्का, प्रमेज धामी, पूर्ण घिमिरे, राज खनाल, राजेश केसी, राजु अधिकारी, राजु गिरी, राकेश जोशी, रञ्जित ओन्टा, रोहित खड्का, रोशन घले, समीर खतिवडा, समित केसी, सम्राट कँडेल, सत्य कँडेल, सितल गिरी, सुवास गुरुङ, सुवास तामाङ, सुदीप काजी विष्ट, सुनिल विष्ट, सुरेन्द्र सापकोटा, सुरेन्द्र सिग्देल, सुरेश गुरुङ, सूर्य खनाल, सुशील खाँण, सुशील पोखरेल, उमेश पोखरेल र यम अधिकारीले आर्थिक सहयोग उपलब्ध गराएका छन्।