काठमाडौं । रसुवा बाढीका कारण हालसम्म मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार आज दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

जसमा ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ । जसमध्ये ९७२ शवको लास जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ ।

ad

यस्तै, ५८ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुेलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरेको प्रहरीले उल्लेख गरेको छ । यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।