काठमाडौं । प्रतिनिधिसभाको  बैठक बुधबारका लागि बस्ने भएको छ।

यसअघि भदौ ११ गते  अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने गरी तय गरिएको हो। सङ्घीय संसद् सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो।

ad

चिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार, सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन् ।