
नवलपरासी पूर्व । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावितलाई घर फर्काउने क्रममा यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।
बसमा ३८ जना सवार थिए। दुर्घटनामा ३२ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये २७ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने पाँच जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









Facebook Comments