काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्था हामी नेपाललाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।

आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठीक नभएको भनेको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री गुरूङ हामी नेपालका संस्थापक हुन्।

ad

‘जति पनि राहतको सामग्री छ, त्यो राहत सामग्री सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था (हामी नेपाल)ले मात्रै पाएको गुनासो छ, आङ्देम्बेले बैठकमा भने, ‘यदि त्यस्तो हो भने राहत पुग्नुपर्ने ठाउँमा छिटो नपुगेर भोलि मान्छे मरिसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन । स्थानीय निकाय, जिल्ला प्रशासन र राज्यले चिनेका संघसंस्थाहरूलाई राहत बाँड्न दिनुपर्छ ।’


उनले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए ।