
काठमाडौं । सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताए ।
राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय गरेको छ ।
नगर प्र्मुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो ।








Facebook Comments