
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको छ। बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म ६६९ जनाको शव फेला परेको जनाइएको छ।
नेपाल प्रहरीका अनुसार शनिबार दिउँसो ४ बजेसम्म विभिन्न जिल्लामा खोजी तथा उद्धारका क्रममा ती शव फेला परेका हुन्। फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २४८ छन्।
त्यस्तै पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट अहिलेसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको छ। सुरक्षाकर्मी तथा अन्य उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
बाढीका क्रममा २७ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।









Facebook Comments