
काठमाडौं । रसुवा बाढी प्रभावितहरुका लागि मन्त्रिपरिषद्ले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।
मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, “२०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।”
त्यस्तै,बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यवसायी संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि दिने घोषणा गरेका थिए ।









Facebook Comments