
काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज दिउँसो १२ बजेर ३१ मिनेटमा जारी गरेको सूचनामा भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको जनाएको छ।
बाढी बढिरहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ, महाशाखाको सुचनामा उल्लेख छ ।
अर्को सूचना नआएसम्म तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन पनि महाशाखाले आग्रह गरेको छ।









Facebook Comments