मातृभूमि नेपालमा पटक-पटक आइपर्ने प्राकृतिक विपद्पछिको पुनर्निर्माण र राहत अभियानलाई परिणाममुखी बनाउन विश्वभर छरिएका गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने प्रयास सुरु भएको छ। "नेपालीका लागि नेपाली" भन्ने मूल मर्मलाई आत्मसात् गर्दै ध्वस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रमा एकीकृत सहयोग पुर्‍याउन एनआरएनए वृत्तमा एक विशेष परामर्श तथा सुझाव संकलन कार्यक्रम आयोजना गर्न लागिएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्वउपाध्यक्ष तथा अमेरिकाका पूर्वअध्यक्ष सुनील साहको व्यक्तिगत पहलमा विश्वव्यापी अभियान अगाडि बढाइएको हो।
 
एनआरएनएभित्र दूरगामी र प्रभावकारी परियोजना सफलतापूर्वक सम्पन्न गर्ने अभियान्ताका रूपमा छवि बनाएका साहको नेतृत्वमा यसअघि बहुचर्चित ‘मोबाइल ब्लड बैंक बस’ प्रोजेक्ट सफलतापूर्वक सम्पन्न भइसकेको छ। सोही संस्थागत अनुभव र सामाजिक प्रतिबद्धतालाई पुन: प्रयोग गर्दै उनले मातृभूमि संकटमा पर्दा प्रवासी नेपालीहरूको सहभागिता केवल भावनात्मक सहयोगमा मात्र सीमित नभई योजनाबद्ध पुनर्निर्माणमा परिणत हुनुपर्ने धारणा राखेका छन्। विपद्पछिको भौतिक तथा सामाजिक पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको भूमिकालाई थप संगठित र पारदर्शी बनाउन यो छलफल फलदायी हुने अपेक्षा गरिएको छ।

भौगोलिक दूरीलाई पन्छाउँदै संसारभरका एनआरएनए अभियान्ता, विज्ञ र सरोकारवालाहरूलाई एउटै थलोमा जोड्न कार्यक्रम भर्चुअल माध्यमबाट तय गरिएको छ।
आयोजकका अनुसारआज २८ अगष्ट २०२६, साँझ ठीक ६:०० बजे (नेपाली समय)जुममार्फत यो छलफल सञ्चालन हुनेछ।
 
इच्छुक सहभागीहरूलेजुम आईडी: 889 4501 4939पासकोड: 435257प्रयोग गरी कार्यक्रममा सीधा जोडिन सक्नेछन्। मातृभूमिको पुनर्निर्माणमा बलियो हातेमालो गर्न र ठोस कार्ययोजना बनाउनका लागि सम्पूर्ण गैरआवासीय नेपाली अभियन्ताहरूलाई यस महत्त्वपूर्ण बैठकमा सहभागी भई आफ्ना व्यावहारिक सुझावहरू राख्न आह्वान गरिएको छ।

ad