काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या हालसम्म २८९ पुगेको छ । 


प्रहरीले बिहीबार दिउँसो २ः४० सम्म प्राप्त पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी प्रभावित विभिन्न नदी तटीय क्षेत्रबाट हालसम्म २७० जनाको शव फेला परेको हो। 

ad

रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ ।
गोरखामा २० जना, तनहुँमा १६ जना, नवलपरासी पूर्वमा ७४ जना र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालय स्थित केन्द्रीय समाचार कक्षले जनाएको छ । फेला परेका शवहरूको पहिचान खुलाउने र पोष्टमार्टमका लागि अस्पताल पठाउने कार्य भइरहेको छ।