
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
‘इक्यान फर नेसन’ अभियानअन्तर्गत इक्यान केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानबाट ५ लाख रुपैयाँ संकलन गरी उक्त सहयोग उपलब्ध गराउन लागिएको हो।
विपत्तिको यस दुखद घडीमा प्रभावित परिवारहरूको पीडामा मलहम लगाउन र मानवीय दायित्व पूरा गर्न संस्थाले सम्पूर्ण सदस्य संस्था, शैक्षिक संस्था तथा वैदेशिक साझेदारहरूलाई समेत आफ्नो तर्फबाट सहयोग गर्न पनि एक्यानले अपिल गरेको छ।
संकटको बेला सानो सहयोगले पनि ठूलो अर्थ राख्ने भन्दै इक्यानले बेपत्ता नागरिकहरूको सकुशल उद्धार र प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामना व्यक्त गरेको छ।








Facebook Comments